Like us!
Follow us!

नबिल बैंकले ल्यायो दशैं धमाका अफर

नबिल बैंकले ल्यायो दशैं धमाका अफर

लगानी खबर, काठमााडौं - नबिल बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा “नबिल दशैँ धमाका अफर” ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यास ब्याक पाउन सक्नेछन् ।

नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम तीन सयसम्म क्यासब्याक पाउन सक्नेछन् । यो अफर घटस्थापनाको दिन लागु हुने बैंकले जनाएको छ । 

त्यस्तै,  किरानामा १५ प्रतिशत छुट वा अधिकतम १५ सय रूपैयाँसम्म क्यास ब्याक पाउन सक्नेछन् । किराना पसलमा यो अफर  अक्टोबर ४ देखी अक्टोबर ११ सम्म लागु हुनेछ । दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकतम ५ सय रुपैयाँसम्म पाउन सक्नेछन् ।  

यस अफर मार्फत नबिल बैंकले आफ्नो ग्राहकहरुमा दशैंको उपलक्ष्यमा नयाँ हर्श ल्याउन खोजेको छ । यस अफरको लाभ लिनको लागि नबिल बैंकको डेबिट अथवा क्रेडिट कार्ड चाहिने हुनाले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलेर ग्राहकहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याकको अफर लिन ढुक्क  हुन सक्नेछन् ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।