Like us!
Follow us!

माछापुच्छ्रे कृति क्यापिटलले बोलायो साधारण सभा, के-के छन् एजेन्डा ?

माछापुच्छ्रे कृति क्यापिटलले बोलायो साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमााडौं - माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले दोश्रो वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको साधारण सभा कार्तिक १० गते, बुधबार एम्बेस्सी रेस्टुरेन्ट, पानीपोखरी, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र ६.४ प्रतिशत नगद वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पेश हुनेछ ।

त्यस्तै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ । 

हेर्नुहोस् क्यापिटलले प्रकाशन गरेको सूचना :

615d3f1b171ec.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।