Like us!
Follow us!

युनिलिभर नेपालद्धारा साधारण सभा आह्वान

युनिलिभर नेपालद्धारा साधारण सभा आह्वान

लगानी खबर, काठमाडौं - युनिलिभर नेपाल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको २८ औँ वार्षिक साधारण सभा कात्तिक ११ गते दिउँसो ३ः४५ बजेदेखि भिडियो कन्फरेन्सको माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुासर गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूका लागि प्रति सेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि असोज २५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

हेर्नुहोस् कम्पनीले प्रकाशन गरेको सूचना :

615d24a8e207b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।