Like us!
Follow us!

बुधबार घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

बुधबार घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

लगानी खबर, काठमाडौं - आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (मंगलबार) तोलाको ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधबार ४ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।  

त्यस्तै, आज तेजावी सुनको मूल्य ८९ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य ८९ हजार ८ सय ५०  रुपैयाँ कायम भएको थियो । 

त्यसैगरी, आज पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो तोलाको ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज  पनि सोही मूल्यमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार पनि चाँदीको मूल्य स्थिर रहेको थियो । 

615d32db1b6a1.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।