लगानी खबर, काठमाडौं - आज (मंगलबार) सेयर बजार बढेको छ । कारोबार साताको पहिलो र दोस्रो दिन घटेको सेयर बजार आज भने वृद्धि भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४१.८४ अकंले बढेर २६१२.६५ विन्दुमा पुगेको छ । सोमबार नेप्से परिसूचक १.६३ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ७.०४ अंकले बढेर ४९२.०२ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ परिसूचक १.४५ प्रतिशतले बढेको हो ।
वृद्धि भएको बजारमा आज सबैभन्दा धेरै सेयर मूल्य घट्ने कम्पनीहरुको पहिलो नम्बरमा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर १ हजार १ सय ४२ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । आज कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै सर्वाधिक सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : ग्रिन डेभलपमेन्ट बैंक, सिटिजन म्युचुअल फण्ड, एनआइबिएल समृद्धि फण्ड १, साल्ट ट्रेडिङ कर्पोरेसन, माउन्टेन इनर्जी नेपाल लिमिटेड, रिडी हााइड्रोपावर, रिलायन्स लाईफ इन्स्योरेन्स, सिद्धार्थ बैंक र सानिमा माई हाइड्रोपावर रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।