लगानी खबर, काठमाडौं - आज (मंगलबार) सेयर बजार बढेको छ । कारोबार साताको पहिलो र दोस्रो दिन घटेको सेयर बजार आज भने वृद्धि भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४१.८४ अकंले बढेर २६१२.६५ विन्दुमा पुगेको छ । सोमबार नेप्से परिसूचक १.६३ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ७.०४ अंकले बढेर ४९२.०२ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ परिसूचक १.४५ प्रतिशतले बढेको हो ।
बढेको बजारमा आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको पहिलो नम्बरमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटर सेयर रहेको छ । आज कम्पनीको १३ करोड ६६ लाख ५० हजारको कारोबार भएको छ ।
त्यस्तै सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : मेरो माइक्रो फाइनान्स, हिमालयन डिस्टिलरी लिमिटेड, सिटिजन्स बैंक, रिडी हाइड्रोपावर, नबिल बैंक, सानिमा बैंक, नेपाल रि इन्स्योरेन्स, अपि पावर कम्पनी र नेपाल बैंक रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।