लगानी खबर, काठमाडौं - आज (मंगलबार) सेयर बजार बढेको छ । कारोबार साताको पहिलो र दोस्रो दिन घटेको सेयर बजार आज भने वृद्धि भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४१.८४ अकंले बढेर २६१२.६५ विन्दुमा पुगेको छ । सोमबार नेप्से परिसूचक १.६३ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ७.०४ अंकले बढेर ४९२.०२ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ परिसूचक १.४५ प्रतिशतले बढेको हो ।
वृद्धि भएको बजारमा आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै सेयर मूल्य बढ्ने कम्पनीहरुको पहिलो नम्बरमा मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेड रहेको छ । कम्पनीलको सेयर मूल्य आज १० प्रतिशतले बढेर ४ सय ८१ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यस्तै सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : हिमालयन पावर पार्टनरको १० प्रतिशतले बढेर ४ सय ३१ रुपैयाँ २० पैसा पुगेको छ । समता घरेलु लघुवित्तको १० प्रतिशातले बढेर १ हजार ४ सय ३८ रुपैयाँ ८० पैसा पुगेको छ । मैलुङ खोला जलविद्युतको ९.९७ प्रतिशतले बढेर ३ सय ९३ रुपैयाँ ६० पैसा पुगेको छ । सिभिल लघुवित्तको ९.९४ प्रतिशतले बढेर १ हजार ४ सय ३२ रुपैयाँ ५० पैसा पुगेको छ ।
त्यसैगरी, आज छ्ङदी हाइड्रोपावरको सेयर मूल्य पनि बढेको छ । आज हाइड्रोको सेयर मूल्य ९.८९ प्रतिशतले बढेर ५ सय रुपैयाँ पुगेको छ । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको ९.८४ प्रतिशतले बढेर ३ हजार १ सय ७१ रुपैयाँ पुगेको छ । सिंगटी हाइड्रो इनर्जीको ७.९४ प्रतिशतले बढेर ४ सय ८ रुपैयाँ पुगेको छ । माउन्टेन हाइड्रोको ७.७६ प्रतिशतले बढेर ३ सय ८९ रुपैयाँ पुगेको छ र समिट लघुवित्तको सेयर मूल्य ७.६९ प्रतिशतले बढेर १ हजार ४ सय रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।