Like us!
Follow us!

सेयर बजारमा हरियाली, लगानीकर्ता उत्साहित

सेयर बजारमा हरियाली, लगानीकर्ता उत्साहित

लगानी खबर, काठमाडौं - आज (मंगलबार) सेयर बजार बढेको छ । कारोबार साताको पहिलो र दोस्रो दिन घटेको सेयर बजार आज भने वृद्धि भएको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४१.८४ अकंले बढेर २६१२.६५ विन्दुमा पुगेको छ । सोमबार नेप्से परिसूचक १.६३ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ७.०४ अंकले बढेर ४९२.०२ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ परिसूचक १.४५ प्रतिशतले बढेको हो । 

कूल २२३ कम्पनीको ५८ लाख ४२ हजार १ सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६ सय ८३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कूल १३ उपसमूहमध्य १२ उपसमूहको सूचक बढेको छ भने १ उपसमूहको सूचक घटेको छ । मंगलबार फाइनान्स, डेभलपमेन्ट बैंक तथा नन लाईफ इन्स्योरेन्स समूह बढेको छ भने व्यापार समूह घटेको छ । 

बढेको बजारमा आज तीन कम्पनीको सेयर मूल्यमा सर्वाधिक बढेको छ । आज मल्टिपर्पस फाइनान्स, हिमालयन पावर पार्टनर र समता घरेलु लघुवित्तको सेयर मूल्यमा सर्वाधिक बढेको हो । आज यी तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो । कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । 

त्यसैगरी, आज शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १३ करोड ६६ लाख ५० हजारको कारोबार भएको छ । 

हेरौं आजको तालिका :

615c1d046e767.JPG 615c1d05bd47f.JPG 615c1d07b07f9.JPG 615c1d09d5129.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।