लगानी खबर, काठमाडौं - अभियान लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलाएको छ । लघुवित्तले काभ्रेपलाञ्चोक पनौतीमा कत्तिक १३ गते बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्नेछ । कम्पनीले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती गर्ने विषयमा पनि छलफल हुनेछ ।
सभामा संस्थाले चालू आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा छलफल गर्नेलगायतको एजेण्डा छ । साथै, कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर आईपीओ जारी गर्ने सम्बन्धमा पनि सभाबाट अख्तियारी प्राप्त गर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।