Like us!
Follow us!

भर्न छुट्ला है सिभिल लघुवित्तको शतप्रतिशत  हकप्रद, अब मात्र ३ दिन बाँकी !

भर्न छुट्ला है सिभिल लघुवित्तको शतप्रतिशत  हकप्रद, अब मात्र ३ दिन बाँकी !

लगानी खबर, काठमाडौँ - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना लगानीकर्तालाई साउन २५ गते, आइतबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे शतप्रतिशत हकप्रद शेयर भर्न अब केही दिन मात्र बाँकी छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको एक बराबर एकको (१:१) अनुपातमा प्रति शेयर १०० रूपैयाँ अंकित दरकाे ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर कित्ता हकप्रद शेयर निष्कासन गरेकाे हाे ।

लघुवित्तले  हकप्रद शेयर निष्कासन प्रयाेजनकाे लागि असार १५ गते, साेमबार एक दिनकाे लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गरेकाे थियाे । त्यसैले, असार १४ गते आइतबारसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले भाद्र २९ गते साेमबारसम्म आवेदन दिन सक्नेछन् । 

काे हाे निष्कासन तथा बिक्री प्रबन्धक ?

कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड कमलादी, सेञ्चुरी बैंकका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखा र सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f5acec742cea.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।