Like us!
Follow us!

छुट्ला है न्यादी हाइड्रोपावरको आईपिओमा आवेदन दिने आज अन्तिम मौका

छुट्ला है न्यादी हाइड्रोपावरको आईपिओमा आवेदन दिने आज अन्तिम मौका

लगानी खबर, काठमाडौं - न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज असोज १९ गते (मंगलबार) अन्तिम दिन रहेको छ । 

सोमबार साँझसम्ममा कम्पनीको आईपिओमा १८ लाख ९३ हजार ९ सय ५७ जना आवेदकले २ करोड ४० लाख ८९ हजार ९ सय ४० कित्ताका लागि आवेदन दिएका थिए यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ११.५१ गुणा धेरै हो । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।जसमध्ये ५५ अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २० लाख ९२ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा सर्वसाधारणले असोज १९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।