Like us!
Follow us!

प्रुडेन्सियल इन्स्योरेन्सको सभा आज, शेयरधनीहरूको हात खाली !

प्रुडेन्सियल इन्स्योरेन्सको सभा आज, शेयरधनीहरूको हात खाली !

लगानी खबर, काठमाडौँ - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १८औँ वार्षिक साधारण सभा आज (भाद्र २६ गते, शुक्रबार) हुँदैछ । कम्पनीकाे भाद्र २ गते मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा हाेटल ईच्छा प्राइभेट लिमिटेड, सिमरा बारामा बिहान ११ बजेबाट सुरू हुनेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले भाद्र १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गरेको छ । त्यसैले, भाद्र  ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् । 

कम्पनीले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश भने वितरण नगर्ने भएको छ ।  बीमा समितिकाे वित्तीय विवरण सम्बन्धी निर्देशन बमाेजिमकाे वित्तीय विवरण Nepal Financial Reporting Standard (NFRS) बमाेजिमकाे वित्तीय विवरण तयार गर्दा जगेडा तथा व्यवस्थाहरू कायम गर्नुपर्ने भएकाले लाभांश वितरण नगर्ने निर्णय गरिएकाे हाे । 

त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।