लगानी खबर, काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ५, नेपालगन्ज स्थित भेरी अञ्चल अस्पताललाई तीन लाख रूपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोगले भेरी अञ्चल अस्पताललाइ ७२ शैयाको काेिभड अस्पताल बनाउन सहयोग पुग्ने साथै काेभिडका लक्षण देखिएका बिरामीहरूको उपचारमा सहयोग पुग्नेछ ।
उक्त अस्पतालको उद्घाटन कार्यक्रममा बैंकको तर्फबाट सांग्रिला डेभलपमेन्ट बैंक नेपालगन्जका कलस्टर प्रमुख श्री जयन्द्र खडकाज्यूले भेरी अञ्चल अस्पतालका प्रमुख श्याम सुन्दर यादवलाई चेक हस्तान्त्तरण गरेका हुन् । उक्त उदघाटन कार्यक्रममा प्रदेश. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल तथा भेरी अञ्चल अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको उपस्थिती रहेको थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।