Like us!
Follow us!

साधना लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

साधना लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडाैँ - साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले पाचाैँ वार्षिक साधारण सभा आह्वान गरेको छ  ।

संस्थाकाे असोज १७ गते बसेको सञ्चालक समितीको बैठकले वार्षिक साधारण सभा कार्तिक १३ गते शनिबार होटल गोरखा बिसौनी गोरखामा बिहान ११ बजेबाट गर्ने निर्णय गरेको हो । 

सभामा संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

त्यसैगरी, संस्थाले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि कार्तिक ३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक २ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूचना हेर्नुहाेस् :

615a591366a8e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।