Like us!
Follow us!

सानिमा माई हाइड्रोपावरको सेयरमूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?

सानिमा माई हाइड्रोपावरको सेयरमूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा माई हाइड्रोपावरको कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४०६ रूपैयाँ ३६ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले आईतबारको अन्तिम कारोबार मूल्य ४ सय ४७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । 

कम्पनीको भदौ २४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगर गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीको दशौँ वार्षिक साधारण सभा कार्तिक ११ गते, बिहीबार सेलिब्रेसन हाईट सुकेधारा चोक, काठमाडौँ र भर्चुअल माध्यमबाट एकैसाथ सञ्चालन हुनेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।