लगानी खबर, काठमााडौं - रियलमीको फेस्टिभल अफर, यस दशैँमा अझै उत्साहजनक उपहारको साथमाविश्वको अग्रणी स्मार्टफोन ब्राण्ड रियलमीले नेपालीहरुको को महान् चाड दशैँ तिहारको अवसरमा “realme festive days” अफर घोषणा गरेको छ । यो अफर असोज १६ गतेदेखि सुरु भई कार्तिक ३० गते सकिनेछ । यस अफरले रियलमीका नयाँ ग्राहकहरुलाई चाडपर्वको अवसरमा धेरै उपहार जित्ने अवसर प्रदान गर्दैछ ।
यो अफरमा ३ भाग्यशाली रियलमीका ग्राहकहरुले बम्पर पुरस्कार मार्फत Konka 64” 4K TV वा Konka 7KG Front Washing Machine वा realme 8 प्राप्त गर्नेछन् । साथै प्रत्येक हप्ता १२ जना भाग्यशाली ग्राहकहरुले C11 2021 र प्रत्येक दिन १८० जना भाग्यशाली ग्राहकहरुले Konka 1800W Vacuum Cleaner वा Konka 1.8L Deluxe Rice cooker वा Konka 1000W Iron वा Konka 2:1 CH Home Theater speaker जित्ने मौका प्राप्त गर्नेछन् ।
यो अफरमा भाग लिनको लागि नयाँ उपभोक्ताहरुले QR code स्क्यान अथवा realmecampaigns.com मा login गरी त्यहाँ भएको एउटा फारम भरी आफ्नो रियलमी फोनको IMEI नम्बर राख्नुपर्नेछ । यो अफर रियलमीका सबै स्मार्टफोनहरुमा लागु हुनेछ । लक्की ड्र मार्फत Daily Weekly / Bumper विजेताहरु को नाम रियलमीको अफिसियल फेसबुक पेज मार्फत जानकारी गराइनेछ । यो अफर नेपालमा बसोबास गर्ने सबै नागरिकहरुको लागि खूल्ला गरिएको हो ।
रियलमी एक विश्वस्तरीय कम्पनी भएकोले आफ्ना ग्राहकहरु विशेषगरी युवाहरुलाई लक्षित गरी नवीन उत्पादन बनाउनमा विश्वास राख्दछ । विश्वमा छैँटौ स्थानमा आफ्नो स्थान ओगटिसकेको रियलमीले नेपाली बजारलाई पनि आफ्नो प्राथमिकतामा राखेको छ । नेपालीहरुको महान् पर्व मनाउनको लागि रियलमी ले “रियलमीसँग चाडपर्वहरुको वास्तविक क्षण मनाउनुहोस्” क्याम्पेन आफ्ना उपभोक्ताहरुसँग खुशी बाड्नको लागि सुरु गरेको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।