Like us!
Follow us!

हिमालयन बैंकद्धारा “दिदी बहिनी कृषक समूह” लाई प्रिन्टर हस्तान्तरण

हिमालयन बैंकद्धारा “दिदी बहिनी कृषक समूह” लाई प्रिन्टर हस्तान्तरण

लगानी खबर, काठमाडौं - हिमालयन बैंक लिमिटेडले उदयपुर जिल्ला, चौडण्डीगढीको  कटरवोटेमा रहेको “दिदी बहिनी कृषक समूह” लाई फोटोकपी सहितको एक थान प्रिन्टर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग हस्तान्तरण गरेको हो । 

सो संस्थाले करिब एक दशक देखि त्यस क्षेत्रका थप्रै कृषक समूह गठन गरी विभिन्न कृषि तालिम प्रदान गर्दै आइरहेको छ । तर सो स्थान निकै नै विकट स्थानमा रहेको हुँदा तालिमका लागि आवश्यक कागजातहरु समेत छप्न निकै समस्या भएकोले गर्दा समाज सेवी समूहको आवेदन अनुसार  दिदी बहिनी कृषक समूहलाई सो प्रिन्टर प्रदान गरिएको हो ।

बैंकका तर्फबाट बैंकका महाप्रबन्धक अनुप मास्केले दिदी बहिनी कृषक समूहका सचिव डा. निर्मला थापालाई एक समारोह बिच उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।  सो समारोहमा बैंकका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।