Like us!
Follow us!

आइतबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

आइतबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजार घटेको छ । सेयर बजार घट्दा सबै सूचकहरु रातमम्मै देखिएका छन् । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ५५.९३ अंकले घटेर २५७७.४९ विन्दुमा झरेको छ । आइतबार नेप्से परिसूचक २.१२ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ११.०७ अंकले घटेर ४८५.९८ विन्दुमा झरेको छ । सेन्सेटिभ परिसूचक आज २.२३ प्रतिशतले घटेको हो । 

गिरावट आएको बजारमा आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको पहिलो नम्बरमा अपि पावर कम्पनी लिमिटेड रहेको छ । आज कम्पनीले १५ करोड ६ लाख १६ हजार २ सय २१ रुपैयाँको कारोबार गरेको छ । 

त्यस्तै, सार्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा कमश : नेशनल हाइड्रोपावर, रिडी हाइड्रोपावर, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटर सेयर, हिमालयन डिस्टिलरी लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल बैंक, सानिमा माई हाइड्रोपावर, नबिल बैंक र एनआसी एशिया बैंक रहेका छन् । 

615984f79022d.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।