Like us!
Follow us!

राताम्मै बजारमा यी १० कम्पनीको सेयर मूल्य सार्वाधिक घट्यो

राताम्मै बजारमा यी १० कम्पनीको सेयर मूल्य सार्वाधिक घट्यो

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजार घटेको छ । सेयर बजार घट्दा सबै सूचकहरु रातमम्मै देखिएका छन् । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ५५.९३ अंकले घटेर २५७७.४९ विन्दुमा झरेको छ । आइतबार नेप्से परिसूचक २.१२ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ११.०७ अंकले घटेर ४८५.९८ विन्दुमा झरेको छ । सेन्सेटिभ परिसूचक आज २.२३ प्रतिशतले घटेको हो । 

गिरावट आएको बजारमा आज सबैभन्दा धेरै सेयर मूल्य घट्ने कम्पनीहरुको पहिलो नम्बरमा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेड रहेको छ । आज कम्पनीको सेयर मूल्य ९.१९ प्रतिशतले घटेर ४ सय ५७ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ । 

त्यसैगरी, सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : रैराङ हाइड्रोपावरको ९.१३ प्रतिशतले घटेर ५ सय ५६ रुपैयाँ १० पैसा पुगेको छ । माउटेन हाइड्रो नेपाल लिमिटेडको ८.५५ प्रतिशतले घटेर ३ सय ८५ रुपैयाँ पुगेको छ । छ्याङदी हाइड्रोपावरको ७.९९ प्रतिशतले घटेर ४ सय ७२ रुपैयाँ पुगेको छ । यूनाइडेड हाइड्रोपावरको ७.८७ प्रतिशतले घटेर ४ सय ४५ रुपैयाँ पुगेको छ । 

त्यसैगरी, आज युनियन हाइड्रोपावरको सेयर मूल्य पनि घटेको छ । आज हाइड्रोपावरको सेयर मूल्य ७.७९ प्रतिशतले घटेर ३ सय २० रुपैयाँ ९० पैसा पुगेको छ । हिमालयन पावर पार्टनरको ७.५७ प्रतिशतले घटेर ४ सय ६ रुपैयाँ ७० पैसा पुगेको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ७.५३ प्रतिशतले घटेर ३ सय ७ रुपैयाँ पुगेको छ । अरुण भ्याली हाइड्रोपावरको ७.४९ प्रतिशतले घटेर ४ सय ३२ रुपैयाँ पुगेको छ र सानिमा माई हाइड्रोपावरको ७.२६ प्रतिशतले घटेर ४ सय ४७ रुपैयााँ अन्तिम कारोबार भएको छ । 

61598047eebe3.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।