Like us!
Follow us!

साल्ट ट्रेडिङ्गले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

साल्ट ट्रेडिङ्गले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडाैँ - साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीकाे असाेज १४ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्ण अनुसार कम्पनीकाे ५४औँ वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार बिहान ११ बजेदेखि भिडियाे कन्फ्रेन्सिङकाे माध्यमबाट सञ्चालन हुनेछ । 

सभामा कम्पनीकाे चैत्र २३ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बाेनस सेयर तथा कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक २ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक १ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सूचना हेर्नुहाेस् :

6159533bc29a2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।