Like us!
Follow us!

सानिमा माई हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

सानिमा माई हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

लगानी खबर, काठमाडाैँ - सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (असाेज १७ गते, आइतबार) अन्तिम दिन रहेको छ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले भोलि असोज १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज असोज १७ गते, आइतबारसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीको भदौ २४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगर गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीको दशौँ वार्षिक साधारण सभा कार्तिक ११ गते, बिहीबार सेलिब्रेसन हाईट सुकेधारा चोक, काठमाडौँ र भर्चुअल माध्यमबाट एकैसाथ सञ्चालन हुनेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।