Like us!
Follow us!

प्रुडेन्सियल इन्स्याेरेन्सकाे लिलामी सेयर भर्ने आज अन्तिम दिन

प्रुडेन्सियल इन्स्याेरेन्सकाे लिलामी सेयर भर्ने आज अन्तिम दिन

लगानी खबर, काठमाडाैँ - महालक्ष्मी विकास बैंक लिमिटेडकाे स्वामित्वमा रहेकाे प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (असाेज १५ गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले कम्पनीकाे ७० हजार ६ सय ६९ कित्ता संस्थापक समूहकाे सेयर असाेज १ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे थियाे । उक्त सेयरकाे न्यूनतम मूल्य ५ सय १ रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले साे वा साेभन्दा बढी मूल्य अंकित गरी बाेलकबाेल गर्नुपर्नेछ ।

लगानीकर्ताले उक्त सेयरमा न्युनतम एक सय कित्तादेखि अधिकतममा सबै कित्ताको लागि आजसम्म आवेदन दिन सक्नेछन् ।  

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेकाे छ । लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।