लगानी खबर, काठमाडाैँ - एनआईसी एशिया बैंक लिमिटेडले असाेज ६ गते, बुधबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे ३ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (असाेज १५ गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ ।
बैंकले मेराे माइक्राेफाइनान्सकाे ८४ हजार ८ सय २९ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ६५ कित्ता र नागरिक लगानी काेषको ३ लाख ८१ हजार ९ सय २ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।
जसमध्ये, मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे न्यूनतम मूल्य ४९७ रुपैयाँ, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मूल्य न्यूनतम मूल्य ५३९ रुपैयाँ र नागरिक लगानी काेषकाे न्यूनतम मूल्य ११९७ रुपैयाँ ताेकिएकाे छ ।
लगानीकर्ताले मेराे माइक्राेफाइनान्स र नागरिक लगानी काेषकाे सेयरमा न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । आरएमडीसी लघुवित्तकाे सेयरमा भने न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।
त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मेराे माइक्राेफाइनान्स र आरएमडीसी लघुवित्तकाे हकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा नागरिक लगानी काेषकाे सेयरमा भने एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।