Like us!
Follow us!

बुद्धभुमि नेपालको आईपीओ अन्तिम दिनसम्म २१ लाखले भरे, पर्ने सम्भावना न्यून

बुद्धभुमि नेपालको आईपीओ अन्तिम दिनसम्म २१ लाखले भरे, पर्ने सम्भावना न्यून

लगानी खबर, काठमाडाैँ - बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडकाे आईपीओमा अन्तिम दिनसम्म २१ लाख भन्दा धेरै जना लगानीकर्ताकाे आवेदन परको छ । 

बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा २१ लाख ११ हजार ८ सय १९ जना आवेदकहरूले २ कराेड ६५ लाख ३१ हजार ४० कित्ताका लागि आवेदन दिएका छन् । अन्तिम तथ्यांक केही फरक पर्न सक्नेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हाे । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।