लगानी खबर, काठमााडौं - हप्ताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजारमा गिरावट आएको छ । आइतबारदेखि दिनहुँ घटेको सेयर बजार हिजो (बुधबार) भने बढेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३२.५१ अंकले घटेर २६३३.४२ विन्दुमा झरेको छ । बिहीबार नेप्से परिसूचक १.२२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ६.४१ अंकले घटेर ४९७.०५ विन्दुमा झरेको छ ।
दोहोरो अंकले घटेको बजारमा आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मैलङ खोला जलविद्युत कम्पनी लिमिटेड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज सबैभन्दा धेरै सेयर मूल्य बढ्ने कम्पनीहरुको पहिलो नम्बरमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर २ हजार १ सय १९ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी, सार्वधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : नेपाल फाइनान्स, मैलङ खोला जलविद्युत कम्पनी लिमिटेड, रुरु जलविद्युत परियोजना, सिभिल लघुवित्त वित्तीय संस्था, सिटिजन म्युचुअल फण्ड २, महिला लघुवित्त वित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेसन, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटर सेयर र मेरो माइक्रोफाइनान्स रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।