Like us!
Follow us!

सिभिल लघुवित्तले गर्याे लाभांश घाेषणा, बाेनस कति ?

सिभिल लघुवित्तले गर्याे लाभांश घाेषणा, बाेनस कति ?

लगानी खबर, काठमाडाैँ - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

कम्पनीको हिजो (असोज १३ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

सूचना हेर्नुहाेस् :

61553ceb9fa0a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।