Like us!
Follow us!

बुधबार ११ कम्पनीको सेयर मूल्य घट्यो

बुधबार ११ कम्पनीको सेयर मूल्य घट्यो

लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजार वृद्धि भएको छ । आइतबारदेखि निरन्तर घटिरहको सेयर बजार आज भने बढेको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५०.५८ अंकले बढेर २६६५.९३ विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक १.९३ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ८.५८ अंकले बढेर ५०३.४६ विन्दुमा पुगेको छ । 

हरियाली भएको बजारमा आज सबैभन्दा धेरै सेयर मूल्य घट्ने कम्पनीहरुको पहिलो नम्बरमा मेगा बैंक नेपाल लिमिटेड रहेको छ । आज बैंकको सेयर मूल्य ३.९२ प्रतिशतले घटेर ३ सय ४२ रुपैयाँ ८० पैसा पुगेको छ । 

त्यसैगरी, आज सर्वाधिक सेयर मूलय घट्ने अन्य कम्पनीहरुमा क्रमश : डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ०.१५ प्रतिशतले घटेर १ हजार २ सय ९५ रुपैयाँ पुगेको छ । एक्सल डेभलपमेन्ट बैंकको १.०२ प्रतिशतले घटेर ५ सय ९४ रुपैयाँ पुगेको छ । गोर्खाज फाइनान्सको १.७१ प्रतिशतले घटेर ९ सय ७ रुपैयाँ ५० पैसा पुगेको छ । जनउत्थान सामुदायिक लघुवित्तको ०.१७ प्रतिशतले घटेर २ हजार ८ सय ९० रुपैयाँ पुगेको छ । 

त्यसैगरी, आज कुमारी बैंकको सेयर मूल्य पनि घटेको छ । आज बैंकको सेयर मूल्य १.६५ प्रतिशतले घटेर २ सय ९८ रुपैयाँ पुगेको छ । मिथिला लघुवित्तको १.७० प्रतिशतले घटेर १ हजार ६ सय १७ रुपैयाँ १० पैसा पुगेको छ । नारायणी डेभलपमेन्ट बैंकको ०.९५ प्रतिशतले घटेर ८ सय ३२ रुपैयाँ पुगेको छ । नेपाल एसबिआई बैंकको ०.२८ प्रतिशतले घटेर ३ सय ५७ रुपैयाँ पुगेको छ । स्टान्डर चार्टडको बैंकको सेयर मूल्य १.१९ प्रतिशतले घटेर ५ सय २७ रुपैयाँमा अन्तिम कारोबार भएको छ र युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य ३.०९ प्रतिशतले घटेर १८ हजार ८ सय रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यस्तै, आज ६ डिबेञ्चरसहित ४ म्युचुअल फण्डको पनि इकाई मूल्य घटेको छ । 

6154448a69ca5.JPG 6154448f7a4ea.JPG 6154449599c91.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।