Like us!
Follow us!

अपि पावरसहित यी कम्पनीले गरे सर्वाधिक कारोबार

अपि पावरसहित यी कम्पनीले गरे सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौं आज (बुधबार) सेयर बजार बढेको छ । आइतबारदेखि निरन्तर घटिरहको सेयर बजार आज भने बढेको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५०.५८ अंकले बढेर २६६५.९३ विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक १.९३ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ८.५८ अंकले बढेर ५०३.४६ विन्दुमा पुगेको छ । 

हरियाली भएको बजारमा आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको पहिलो नम्बरमा अपि पावर कम्पनी लिमिटेड रहेको छ । आज कम्पनीले २२ करोड ६७ लाख ५४ हजार ३ सय ७२ रुपैयाँको कारोबार गरेको छ । 

त्यसैगरी, आज सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : हिमालयन डिस्टिलरी लिमिटेड, नेपाल बैंक, यूनाइटेड मोदी हाइड्रोपावर, आइसिएफसि फाइनान्स, रिडी हाइड्रोपावर, मेगा बैंक, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर र नेशन हाइड्रोपावर रहेका छन् । 

615439c4a4f68.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।