Like us!
Follow us!

हरियाली भएको बजारमा यी १० कम्पनीका लगानीकर्ता मख्खै

हरियाली भएको बजारमा यी १० कम्पनीका लगानीकर्ता मख्खै

लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजार बढेको छ । आइतबारदेखि निरन्तर घटिरहको सेयर बजार आज भने बढेको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५०.५८ अंकले बढेर २६६५.९३ विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक १.९३ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ८.५८ अंकले बढेर ५०३.४६ विन्दुमा पुगेको छ । 

हरियाली भएको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै सेयर मूल्य बढ्ने कम्पनीहरुको पहिलो नम्बरमा ग्रिन डेभलपमेन्ट बैंक रहेको छ । आज बैंकको सेयर मूल्य  १० प्रतिशतले बढेर ३ सय ८९ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । आज बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । 

त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : अपि पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ४ सय ५९ रुपैयाँ ८० पैसा पुगेको छ । आज कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लगेको हो । मनकामना स्मार्ट लघुवित्तको ९.९३ प्रतिशतले बढेर १ हजार ९ सय २७ रुपैयाँ पुगेको छ । युनाइटेड इदि मर्दि आरबि हाइड्रोपावरको ९.६४ प्रतिशतले बढेर ५ सय ५६ रुपैयाँ पुगेको छ । कालिका पावर कम्पनीको ९.५० प्रतिशतले बढेर ५ सय ५३ रुपैयाँ पुगेको छ । 

त्यसैगरी, आज हिमालय उर्जा विकास कम्पनी लिमिटेडको सेयर मूल्य पनि बढेको छ । आज कम्पनीको सेयर मूल्य ९.४९ प्रतिशतले बढेर ४ सय ३२ रुपैयाँ ५० पैसा पुगेको छ । कालिका काइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको ९.२१ प्रतिशतले बढेर १ हजार २ सय ६ रुपैया ८० पैसा पुगेको छ । छ्याङदी हाइड्रोपावरको ९.२१ प्रतिशतले बढेर ५ सय २४ रुपैयाँ २० पैसा पुगेको छ । जोशी हाइड्रोपावरको ८.६४ प्रतिशतले बढेर ३ सय २७ रुपैयाँ पुगेको छ र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेको सेयर मूल्य ८.३७ प्रतिशतले बढेर ५ सय १९ रुपैया १० पैसामा अन्तिम कारोबार भएको छ । 

615435832d842.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।