लगानी खबर, काठमाडाैँ - आज (बुधबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५०.५८ अंकले बढेर २६६५.९३ मा पुगेकाे छ । नेप्से १.९३ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.५८ अंकले बढेर ५०३.४६ मा पुगेको छ ।
कूल २२९ वटा कम्पनीकाे ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे सूचक बढेकाे छ । सबैभन्दा धेरै हाइड्राेपावर, फाइनान्स र विकास बैंक समूह बढेकाे छ ।
बुधबार २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । अपि पावर कम्पनी लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।
त्यसैगरी, बुधबार अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २२ कराेड ६७ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।