Like us!
Follow us!

सानिमा इक्विटी फण्ड र लार्ज क्याप फण्डले इकाईधनीहरूको खातामा लाभांश जम्मा गर्ने

सानिमा इक्विटी फण्ड र लार्ज क्याप फण्डले इकाईधनीहरूको खातामा लाभांश जम्मा गर्ने

लगानी खबर, काठमाडाैँ - सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको नगद लाभांश इकाईधनीको खातामा जम्मा गर्ने भएको छ । दुवै फण्डले १७ असोजमा आईपीएसमार्फत कर कट्टा गरी प्रस्तावित नगद इकाईधनीको हितग्राही खातामा जम्मा गर्ने भएका हुन् ।

गत आव २०७७/०७८ बाट सानिमा इक्वीटी फण्डले इकाई धनीहरूलाई करसहित ३३ प्रतिशत र सानिमा लार्ज क्याप फण्डले करसहित चार प्रतिशतका दरले नगद लाभांश वितरण गरेको छ ।

यी दुवै फण्डले लाभांश वितरणका लागि १ असोजमा बुकक्लोज गरेका थिए । यसअनुसार ३१ भदौसम्म नेप्सेमा कारोबार भई कायम इकाई धनीको खातामा सो लाभांश जम्मा गरिनेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।