Like us!
Follow us!

सिटिजन्स बैंकले ताेक्याे बुकक्लाेज मिति, कहिलेसम्म किन्दा लाभांश पाइन्छ ?

सिटिजन्स बैंकले ताेक्याे बुकक्लाेज मिति, कहिलेसम्म किन्दा लाभांश पाइन्छ ?

लगानी खबर, काठमाडाैँ - सिटिजन्स बैंक लिमिटेडले लाभांश वितरण गर्ने प्रयाेजनका लागि बुकक्लाेज मिति ताेकेकाे छ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि असाेज २२ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे हाे । त्यसैले, असाेज २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको असोज ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

सूचना हेर्नुहाेस् :

6153f1f825479.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।