Like us!
Follow us!

राष्ट्रिय वाणिज्य बैंकको पोइन्ट अफ सेल कारोबारमा क्यास ब्याक अफर

राष्ट्रिय वाणिज्य बैंकको पोइन्ट अफ सेल कारोबारमा क्यास ब्याक अफर

लगानी खबर, काठमाडौं -  राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै तथा विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पोइन्ट अफ सेल (POS) को माध्यमवाट कारोबार गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ । बैंकले प्रति कारोबार एक हजार रूपैयाँ वा सो भन्दा बढीको Card Swipe गर्दा क्यास ब्याक हुने अफर ल्याएको हो  ।

यो योजना आगामी २०७८ असोज २१ गते देखि २०७८ कार्तिक २४ गतेसम्म लागू हुने बैंकले जनाएको छ । बैंकका अनुसार देशभर विभिन्न व्यवसायहरुमा रहेको POS को माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै Card Swipe गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ । यस अन्तर्गत ३ देखी ५ पटकको Card Swipe मा ५% अधिकतम क्यास ब्याक वा रु.५००।–, ६ देखी १० पटकको Card Swipe मा १०% अधिकतम क्यास ब्याक वा रु.७५०।–, ११ देखी १५ पटकको Card Swipe मा १५% अधिकतम क्यास ब्याक वा रु.१,०००।– मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने छ ।

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग संचालनमा रहेका छन् । 


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।