लगानी खबर, काठमाडाैँ - सिबिआईएल क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
कम्पनीकाे भदाै ३० गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे पन्ध्राैँ वार्षिक साधारण सभा कार्तिक ५ गते, शुक्रबार क्यापिटलकाे रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम चुक्ता पुँजीकाे २५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पेश हुनेछ ।
त्यस्तै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७८ असार मसान्तसम्मकाे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।
सूचना हेर्नुहाेस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।