Like us!
Follow us!

डिप्रोक्स लघुवित्तको सेयर मूल्य समायोजन

डिप्रोक्स लघुवित्तको सेयर मूल्य समायोजन

लगानीखबर, काठमांडौ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । 

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्तावित लाभांशमा नेप्सेले मूल्य समायोजन गरेको । कम्पनीको सञ्चालकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

नेप्सेले कम्पनीको हिजोको अन्तिम कारोबार मूल्य १६६६.१० रुपैयााम लाभांश समायोजन गरेको हो । आज मूल्य समायोजन पछि कम्पनीको सेयर कारोबार १३८८.४२ रुपैयाँँमा खुल्ने छ । 

कम्पनीले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि भोलि अर्थात असोज १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीको असोज १ गते बसेको सञ्चालक समितीको बैठकले बार्षिक साधारणसभा असोज २३ गते शनिबार चितवन गार्डेन रिसोर्ट भरतपुर चितवनमा बिहान ११ बजेबाट गर्ने निर्णय गरेको हो । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।