लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) पनि सेयर बजारमा भारी अंकको गिरावट आएको छ । अघिल्लो दिन (आइतबार) पनि सेयर बजार घटेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ७३.०५ अंकले घटेर २६८५.४१ विन्दुमा झरेको छ । सोमबार नेप्से परिसूचक २.६५ प्रतिशतले घटेको हो ।
गिरावट आएको बजारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरुको पहिलो नम्बरमा आज पनि अरुण भ्याली हाइड्रोपावर लिमिटेड रहेको छ । आज कम्पनीले १५ करोड ४९ लाख ७१ हजार २ सय ३० रुपैयाँको कारोबार भएको छ । हिजो पनि अरुण भ्याली हाइड्रोपावरले नै सर्वाधिक कारोबार गरेको थियो ।
त्यसैगरी, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश ; यूनाइटेड मोदी हाइड्रोपावर, हिमालयन डिस्टिलरी लिमिटेड, नेपाल बैंक, नेशनल हाइड्रोपावर, अपि पावर कम्पनी, रिडी हाइड्रोपावर, अरुण काबेली पावर, डिप्रोक्स लघुवित्त र मेगा बैंक नेपाल लिमिटेड रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।