लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) पनि सेयर बजारमा भारी अंकको गिरावट आएको छ । अघिल्लो दिन (आइतबार) पनि सेयर बजार घटेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ७३.०५ अंकले घटेर २६८५.४१ विन्दुमा झरेको छ । सोमबार नेप्से परिसूचक २.६५ प्रतिशतले घटेको हो ।
गिरावट आएको बजारमा आज सबैभन्दा धेरै सेयर मूल्य घट्ने कम्पनीहरुको पहिलो नम्बरमा गुडविल फाइनान्स कम्पनी लिमिटेड रहेको छ । आज कम्पनीको सेयर मूल्य ७.८३ प्रतिशतले घटेर ६ सय ७१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी, सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : युनाइटेड इदिमर्दि आरबी हाइड्रोपावरको ७.७३ प्रतिशतले घटेर ५ सय ३७ रुपैयाँ पुगेको छ । नेपाल फाइनान्स लिमिटेडको ७.७२ प्रतिशतले घटेर ४ सय ८९ रुपैयाँ पुगेको छ । कालिका पावर कम्पनीको ७.७१ प्रतिशतले घटेर ५ सय ५१ रुपैयाँ पुगेको छ । पोखरा फाइनान्सको ७.२० प्रतिशतले घटेर ५ सय ८० रुपैयाँ पुगेको छ ।
त्यसैगरी, आज नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य पनि घटेको छ । आज कम्पनीको सेयर मूल्य ७.१० प्रतिशतले घटेर ५ सय १० रुपैयाँ पुगेको छ । समृद्धि फाइनान्सको ६.७१ प्रतिशतले घटेर ४ सय ७३ रुपैयाँ पुगेको छ । सेन्ट्रल फाइनान्सको ६.६५ प्रतिशतले घटेर ५ सय ३३ रुपैयाँ पुगेको छ । दिव्यश्वरी हाइड्रोपारको ६.६३ प्रतिशतले घटेर ३ सय २४ रुपैयाँ पुगेको छ र जानकी फाइनान्सको ६.५९ प्रतिशतले घटेर ५ सय ८१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।