Like us!
Follow us!

७३.०५ अंकले घट्याे सेयर बजार, ६ अर्ब पनि पुगेन काराेबार रकम

७३.०५ अंकले घट्याे सेयर बजार, ६ अर्ब पनि पुगेन काराेबार रकम

लगानी खबर, काठमाडाैँ - साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) पनि सेयर बजार घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७३.०५ अंकले घटेर २६८५.४१ विन्दुमा झरेकाे छ । नेप्से २.६५ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १२.९४ अंकले घटेर ५०६.३३ विन्दुमा पुगेको छ ।

कूल २२७ वटा कम्पनीकाे एक करोड ४ लाख ७८ हजार ६८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९६ रुपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै वटा उपसमूहकाे सूचक घटेकाे छ । 

त्यसैगरी, साेमबार पनि अरूण भ्याली हाइड्राेपावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १५ कराेड ४९ लाख ७१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेकाे छ । यस दिन गुडविल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरू सबैभन्दा धेरै गुमाएका छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।