Like us!
Follow us!

सुनको मूल्यमा वृद्धि, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा वृद्धि, कति पुग्यो तोलाको ?

लगानी खबर, काठमाडौं  - आज (सोमबार) नेपाली बजारमा सुन-चाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आइतबार) तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार ३ सय रुपैयाँले बढेर तोलाको ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, तेजावी सुनको मूल्य आज ८८ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको ११ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

61515e43527fd.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।