Like us!
Follow us!

नबिल इन्भेष्टमेन्टका २ वटा म्युचुअल फण्डको मूल्य समायोजन

नबिल इन्भेष्टमेन्टका २ वटा म्युचुअल फण्डको मूल्य समायोजन

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्जमा नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ को मूल्य समायोजन भएको छ ।

समायोजन पछि नबिल इक्विटी फण्डको ईकाई मूल्य ११.५४ पैसा कायम गरिएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य १५.५४ पैसामा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको भदौ २२ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ४० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

त्यस्तै, समायोजन पछि नबिल ब्यालेन्सड फण्ड २ को ईकाई मूल्य ११.०४ पैसा कायम गरिएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य १४.५४ पैसामा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको भदौ २२ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

दुवै फण्डले लाभांश वितरण प्रयोजनको लागि आज असोज ११ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले,  असोज १० गते, आईतबार सम्म नेप्सेमा कारोबार भई कायम भएका ईकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।