लगानीखबर, काठमांडाै- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर मूल्य सोमबार समायोजन गरेको छ ।
बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले पाँच सय २३ रुपैयाँ निर्धारण गरेको छ । आज कम्पनीको १० प्रतिशत बोनस सेयर समायोजन भएको हो ।
कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । आइतबार कम्पनीको सेयर प्रतिकित्ता पाँच सय ७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीको अघिल्लो कारोबार दिन आइतबारको अन्तिम मूल्यका आधारमा सेयर मूल्य समायोजन भएको हो ।
कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न २४ असोजमा २४औँ वार्षिक साधारणसभा आह्वान छ ।
सभा भर्चुअल हुनेछ । सभाले बोनस सेयर वितरणपश्चात कायम चुक्ता पुँजीको १ बराबर ०.५ अनुपात अर्थात् ५० प्रतिशत हकप्रद निस्काशन गर्ने निर्णय पनि गरेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।