लगानी खबर, काठमाडाैँ - साहस उर्जा लिमिटेडको असोज ६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन थियाे । अन्तिम दिनसम्म कम्पनीकाे आईपीओमा २४ लाख बढीले आवेदन दिएका छन् ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटलका अनुसार अन्तिम दिन आइतबार साँझ ५ बजेसम्ममा २४ लाख ६२ हजार भन्दा बढी आवेदकहरूले ३ करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणहरूका लागि माग गरिएको भन्दा ५.६२ गुणा धेरै हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।