Like us!
Follow us!

कति छ आइतबार सुन-चाँदीको मूल्य ?

कति छ आइतबार सुन-चाँदीको मूल्य ?

लगानी खबर, काठमाडौं  - यस हप्ताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको (शुक्रबार) तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार  पनि सोही मूल्यमा कारोबार छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य पनि आज स्थिर रहि तोलाको ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलाको ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

614fff5099bdc.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।