Like us!
Follow us!

संस्थापक सेयर बिक्री गर्दै एनसीसी बैंक

संस्थापक सेयर बिक्री गर्दै एनसीसी बैंक

लगानी खबर, काठमाडाैँ - नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले १४ लाख १४ हजार ३४ कित्ता संस्थापक समूहकाे सेयरहरू बिक्री गर्ने भएकाे छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको बागबजार, काठमाडाैँस्थित सेयर शाखामा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएकाे छ । 

सूचना हेर्नुहाेस् :

614ffb73eacc8.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।