Like us!
Follow us!

छुट्ला है ! साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

छुट्ला है ! साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

लगानी खबर, काठमाडाैँ - साहस उर्जा कम्पनी लिमिटेडले असोज ६ गते, बुधबारदेखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (असाेज १० गते, आइतबार) अन्तिम दिन रहेको छ ।   

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता आईपिओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।