Like us!
Follow us!

अब एनसेल फोरजीका साथ ‘बजाज पल्सर एभरेस्ट प्रिमियर लिग’

अब एनसेल फोरजीका साथ ‘बजाज पल्सर एभरेस्ट प्रिमियर लिग’

लगानी खबर, काठमाडौं - देशकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम ‘बजाज एभरेस्ट प्रिमियर लिग (ईपीएल)’ भोलि असोज ९ गते शनिबारबाट शुरु हुँदै छ । उक्त  लिग एनसेल फोरजीका साथ हेर्न सकिने छ । 

नव प्रतिभाहरूको प्रवर्द्धनका लागि खेलकुदमा लगानी गर्नुपर्छ भन्ने विश्वास एनसेलको छ र ईपीएल जस्तो प्रत्यक्ष प्रसारण हुने खेलले ग्राहकहरूसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गर्दछ । यस नयाँ संस्करणको ईपीएलमा एनसेल ‘कनेक्टेड बाई’ पार्टनरको रूपमा आवद्ध भएको छ र यसले देशमा क्रिकेटको विकासका लागि योगदान गर्ने विश्वास एनसेलले लिएको छ । 

आफ्नो सबैभन्दा ठूलो फोरजी सञ्जालका साथ एनसेलले ईपीएलमार्फत मानिसहरूमाझ आउटडोर खेलप्रतिको लगावलाई पुनःस्थापित गर्न मद्दत गर्ने विश्वास लिएको छ । हालको अफ्ठ्यारो समयले गर्दा धेरै मानिसहरू विभिन्न सामाजिक गतिविधिबाट अलग्गिएका छन् र यस्तो समयमा एनसेल आफ्ना ग्राहकहरुसँग डिजिटल माध्यमबाट जोडिरहन चाहन्छ । ईपीएलले लामो समयदेखि घरमै रहेका मानिसहरूका लागि ठूलो राहत ल्याएको छ । क्रिकेट पारखीले ईपीएल अब एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट प्रत्यक्ष हेर्न सक्नेछन् ।

क्रिकेट प्रतिभाहरूका लागि महत्त्वपूर्ण मञ्च सिर्जना गर्दै उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिभाहरूसँग जोड्ने उद्देश्य ईपीएलको छ । सन् २०१६ देखि शुरु भएको यो यात्रा अहिले विश्वको ठूलो क्रिकेट लिगमध्ये एक भएको छ । यो खेल विश्वका १५५ देशमा प्रसारण हुने तयारी छ र ४५ करोड जनसंख्या यो कार्यक्रमको पहुँचमा हुनेछ । ईपीएलअन्तर्गत सन् २०१७ र २०१८ मा अन्तर्राष्ट्रिय खेलाडीहरू पहिलो पटक नेपालमा क्रिकेट खेल्न आएका थिए र यो निकै सफल भएको थियो । 

ग्राहकसँग जोडिने र उनीहरूका अनुभव आदानप्रदान गर्न ईपीएल—एनसेल सहकार्यले सकारात्मक भूमिका खेल्ने विश्वास एनसेलको छ ।  

छोटो समयमै गति लिन सफल ईपीएलले विश्वव्यापी रूपमा ध्यान खिच्न सफल भएको छ र नेपालका लागि यो सच्चा राजदूतको रूपमा स्थापित भएको छ । पाकिस्तानी क्रिकेट ‘लिजेन्ड’ शाहिद अफ्रिदी यो वर्ष ईपीएल खेल्न नेपाल आएका छन् । “नेपालको जस्तो प्राकृतिक सौन्दर्य अरू कतै नरहेको सुनेको छु र ईपीएलको नयाँ संस्करण नेपालमा खेल्न म निकै उत्साहित छु,” उनले भने ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।