Like us!
Follow us!

सुनको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

लगानी खबर, काठमाडौं  - हप्ताको अन्तिम कारोबार दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बिहीबार) तोलाको ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार ६ सय रुपैयाँले घटेर तोलाको ८९ हजार रुपैयाँमा कारोबार छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य तोलाको ८९ हजार १ सय ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो तोलाको ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर तोलाको ११ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

614d5ca0cab04.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।