Like us!
Follow us!

लाभांश पारित गर्न सानिमा माई हाइड्रोपावरको एजीएम ११ कात्तिकमा, १८ असोजमा बुक क्लोज

लाभांश पारित गर्न सानिमा माई हाइड्रोपावरको एजीएम ११ कात्तिकमा, १८ असोजमा बुक क्लोज

लगानी खबर, काठमाडाैँ - सानिमा माई हाइड्रोपावरले लाभांश परित गर्न ११ कात्तिकमा साधारण सभा डाकेको छ । हाइड्रोपावरको साधारण सभा लगानीकर्तालाई भर्चुअल माध्यम तथा भौतिक रूपमा पनि सहभागी गराई बिहान ११ बजे सेलिब्रेसन हाइट सुकेधारा काठमाडौंमा आयोजना हुनेछ । 

सानिमा माईले सभामा १० दशमलव ५२ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाँदैछ । हाइड्रोपावरले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश दिन लागेको जनाएको छ । यस सभामा लगानीकर्ता भर्चुअलमाध्यम वा भौतिक रूपमा पनि सहभागी हुन सक्नेछन् । सभा प्रयोजनका लागि कम्पनीले १८ असोजमा बुक क्लोज गर्ने भएको छ ।

यसआधारमा १७ असोजसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । कम्पनीले दिने लाभांश साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । 

614d598dc7615.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।