Like us!
Follow us!

यी ४ कम्पनीकाे लिलामी सेयरमा लगानी गर्ने अन्तिम दिन आज

यी ४ कम्पनीकाे लिलामी सेयरमा लगानी गर्ने अन्तिम दिन आज

लगानी खबर, काठमाडाैँ -  प्रुडेन्सियल क्यापिटल लिमिटेडकाे स्वामित्वमा रहेकाे विभिन्न ४ वटा कम्पनीकाे लिलामी सेयरमा आवेदन दिने आज (असाेज ८ गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ ।

क्यापिटलले भदाै ३१ गतेबाट प्रभु बैंक लिमिटेडकाे ५० हजार कित्ता, नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे एक लाख कित्ता, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंक लिमिटेडकाे एक लाख कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे छ । 

प्रभु बैंककाे न्यूनतम मूल्य २ सय ५ रूपैयाँ,  नेशनल लाइफ इन्स्याेरेन्सकाे न्यूनतम मूल्य ४ सय २१ रूपैयाँ, नेपाल ग्रामिण विकास लघुवित्तकाे न्यूनतम मूल्य ४ सय रूपैयाँ र  प्राइम कमर्सियल बैंककाे न्यूनतम मूल्य २ सय ८ रूपैयाँ ताेकिएकाे छ ।

लगानीकर्ताले सबै कम्पनीकाे सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।  

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।