Like us!
Follow us!

चालु आर्थिक वर्षको पहिलो महिनामै भित्रियो ७५.९६ अर्ब रेमिट्यान्स

चालु आर्थिक वर्षको पहिलो महिनामै भित्रियो ७५.९६ अर्ब रेमिट्यान्स

लगानी खबर, काठमाडौं - चालु आर्थिक वर्षको पहिलो महिनामै ७५ अर्ब ९६ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा ७५ अर्ब ९६ करोड रेमिट्यान्स भित्रिएको हो ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा भने रेमिट्यान्स आप्रवाह १८.१ प्रतिशत र अमेरिकी डलरमा १७ दशमलव ५ प्रतिशतले गिरावट आएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या वृद्धि भई १३ हजार आठ सय पुगेको छ । गतवर्ष कोरोना महामारीले गर्दा यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या ९९.२ प्रतिशतले घटेको थियो ।  

यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा दुई सय ८६ दशमलव १ प्रतिशतले वृद्धि भई ११ हजार ६ सय २८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८० प्रतिशतले घटेको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।